Logo
Logo

रास्वपासँग एकतामा नजाने मिलन पाण्डेको घोषणा


1.9k
Shares

काठमाडौं । विवकेशील साझाका नेता मिलन पाण्डेले रास्वपासँगको एकीकरणमा नजाने घोषणा गरेका छन् ।

उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली अभियानमार्फत् २०७० सालबाट राजनीतिमा प्रवेश गरेका पाण्डेले सामाजिक सञ्जालमार्फत अब केही समय ‘कुलिङ पिरियड’ लिने घोषणा गरेका हुन् ।

पाण्डेले नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्ने बताएका छन् । ‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ,’ उनले भनेका छन् ।

उनले यो एकीकरणमा सामेल नभएको स्पष्ट पार्दै लेखेका छन्, ‘आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।’

प्रतिक्रिया दिनुहोस्