
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) आज कोशी प्रदेशको विराटनगरमा ‘एकता सन्देश सभा’ गर्दैछ । एकताको सन्देश तल्लो तहसम्म पुर्याउन सातै प्रदेशमा सभा गर्ने क्रममा नेकपाले आज विराटनगरमा सभा गर्न लागेको हो ।
जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा आयोजना हुने छ । उक्त सभामा १० हजार समर्थक उपस्थित हुने नेताहरुको दाबी छ
सभालाई नेकपा संयोजक तथा पुष्पकमल दाहाल प्रचण्ड, सह-संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायत नेताहरुले सम्बोधन गर्नेछन् । यसअघि नेकपाले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको लमही, गण्डकीको पोखरामा सभा गरिसकेको छ ।











