काठमाडौं । आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक निर्वाचन कार्यक्रम मङ्सिर २० देखि सञ्चालन हुने भएको छ । निर्वाचन आयोगले आइतबारदेखि कान्तिपथ कार्यालयमा तयारी सुरु गरेको जनाएको छ ।

आयोगको निर्णय अनुसार राजनीतिक दलहरूले मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक प्रणालीमा भाग लिन निवेदन पेस गर्न सक्नेछन् । मङ्सिर २४ गते दलहरूको नामावली प्रकाशित हुनेछ । पुस १३–१४ गते उम्मेदवारको बन्दसूची पेश हुने र माघ २० गते अन्तिम सूची प्रकाशित हुने तालिका तय गरिएको छ ।
समानुपातिक निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारी खटिने छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १६५ प्रत्यक्ष र बाँकी ११० समानुपातिक प्रणालीबाट चयन हुने व्यवस्था छ ।











