Logo
Logo

अझै सुरु हुन सकेन मधेश प्रदेशसभा बैठक, सुरक्षा व्यवस्था कडा


441
Shares

काठमाडौं । मधेश प्रदेश सभा भवन परिसर र वरिपरिको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाएपछि बैठक बस्नुअघि तालिम प्राप्त कुकुरबाट सुरक्षा जाँच गरिएको हो ।

यसअघि जितेन्द्र सोनलले विश्वासको मत लिने दिनमा पनि एकपटक सुरक्षा जाँच गरिएको थियो । जेनजी आन्दोलनको क्रममा सुरक्षा जाँच गर्ने उपकरणहरू जलाइएपछि बैठक बस्नुअघि तालिम प्राप्त कुकुरबाट सुरक्षा जाँच गर्ने गरेको प्रदेश सभा सचिवालयका सुरक्षा इन्चार्ज प्रहरी निरीक्षक विक्रम शाहले बताए ।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन सोमबार परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेको हुन् । यद्यपी बिहान ८ बजेका लागि बोलाइएको बैठक यो समाचार तयार पार्दासम्म पनि सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्