
उनी रंंगमञ्चमा जीवनको रंग देख्छिन् । रंगमञ्चमा रमाउनु उनका लागि जीवन खोज्नु हो । उनी अर्थात गुन्जन दीक्षित भन्छिन्, ‘अहिले रगंमच्चमा जीवन खोज्दैछु ।’ एक दशकदेखि रंगमञ्चमा सघर्षरत उनी सडक नाटक हुँदै निर्देशकसम्म भएकी छन् । ‘मलाई नाटकसँग गहिरो पे्रम छ’ गुन्जन भन्छिन्, ‘यही पे्रमले गर्दा आज रंगमञ्चमा रमाइरहेकी छु ।’ साइकोलोजीमा स्नातक गरेकी गुन्जनले भारतको बैंग्लोर थिएटर बिषय अध्ययन गरेकी छिन् । हाल उनी फ्रिलाइन्सर भएर नाटकमा काम गर्दै आएकी छिन् । उनै कलाकार गुन्जन दीक्षितसँग रेजिना पाण्डेको जम्काभेट :
रंगमञ्च क्षेत्रमा कसरी लाग्नुभयो ?
संजोगले नै थिटरमा ल्यायो । यो मेरो बाल्यकालदेखिको रुचि थिएन । नाटकमा न त मेरो परिवारका कोही छ, जसको हात समाएर हिडौँ । मैले सोचेकी पनि थिइनँ रंगमञ्चमा काम गरिन्छ भन्ने । तर, एउटा संजोगले मलाई नाटकमा जुरमुराई दियो ।
त्यो कस्तो संजोग थियो ?
म हाईस्कुलमा पढ्दा एउटा कार्यक्रम भएको थियो, जहाँ एउटा नाटक गर्ने अवसर मिल्यो । त्यसपछि मलाई नाटकको पे्रमले छोडेन । मैले बैंग्लोरमा अप्लाई थिएटर बिषय लिएर पढँे । त्यसयता नाटकमा निरन्तरता दिइरहको छु ।
अप्लाई थिएटर भनेको के हो ?
थिएटरमा प्रयोग गरिने स्रोत नै अप्लाई थिएटर हो । यसमा फरक–फरक परिवेश र साधारण मानिसहरूसँग थिएटरको स्रोत प्रयोग गरि नाटकझैँ क्रियालाप गरिन्छ । थिएटर भनेको चाहिँ स्टेज नाटक हो, जहाँ हामी नाटकमा बोलिने सम्बादलाई कण्ठ पारेर मञ्चमा प्रस्तुत गर्छौँ ।
नाटकबाहेक के गर्नुहुन्छ ?
म नाटक गर्छु, नाटक बिषय पढाउछु र निर्देशन पनि गर्छु । योबाहेक हाम्रो २०२४ मा खोलिएको फुलबारी प्लेव्याक थिएटर छ । यो हाम्रो ट्राभलिङ ग्रुपभन्दा फरक पर्दैन । हामी जसले बोलाउनुहुन्छ, जान्छौँ । हामीले विभिन्न जातजाती, आमासमूह तथा बृद्धआश्रमहरूसँग पनि मिलेर काम गर्छौँ ।
यो ग्रुपको मुुख्य उद्देश्य के हो ?
नाटकमा सबैलाई समेट्ने र यही नाटकको विभिन्न विधामा रहेर काम गर्ने हो । जसको मुख्य उद्देश्य जनचेतना फैलाउनु हो ।
यो क्षेत्रमा काम गर्न कतिको सहज छ ?
सजिलो त कुन पो काम हुन्छ र ? काम गर्दा फण्डको कुरा आउँछ । टिममा काम गरेपछि आम्दानी भयो भने सबैलाई राम्रो हुन्छ । त्यो नहुँदा खल्लो लाग्छ । तर, हामी खुशीले काम गर्दै आएका छौँ ।
हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छु । भर्खरमात्र सडक नाटक सिद्धियो । थप कामहरू भइरहेको छ । अब चाँडै एउटा नाटक निर्देशन गर्दैछु । अर्को कुरा यहि बिषय पढ्ने र पढाउने काम पनि गर्दै आएकी छु ।
तपाइलाई कसको नाटक गर्न मनपर्छ ?
शेक्सपियरको नाटकहरू निकै मन पर्छ । मैले शेक्सपियरको नाटक रोजलिन भन्ने मुख्य पात्रको भूमिका पनि निभाएको छु । थप अरू नाटकहरू गर्ने इच्छा छ । जसको नाटकहरू इमोसनल, मिठो लवज र युनिभर्सल हुन्छन् ।
सिनेमातिर जाने रहर छ कि ?
सिनेमातिर जाने रहर खासै छैन । त्यो अफर मलाई आएको पनि छैन । साथै, मैले त्यहाँसम्म सोचेको पनि छैन । अहिले नाटकमै व्यस्त छु । हेरौं, पछिका कुरा पछि नै थाहा हुन्छ ।
थिएटरका कलाकारहरू सिनेमातिर आकर्षित हुनुको कारण के हो ?
थिएटरमा सीमित दर्शकले मात्र चिन्छन् भने सिनेमाको ठुलो आकाश छ । जसले नाम र दाम दुवै दिने र अवसर पनि राम्रै हुने भएकोले सिनेमातिर आकर्षण देखिएको हो ।
फिल्म निर्देशकले पनि थिएटरकै कलाकार रोज्नु थाले नि ?
एक त थिएटरमा काम गरेका कलाकारको कलाकारिता क्षमता धेरै देखिन्छ । अनुभव धेरै हुन्छ र कलाकारिता बुझेको हुन्छन् । साथै, थिएटरका कलाकारमा पात्रसँग भिज्न सक्ने क्षमता हुन्छ । र थिएटरका कलाकारहरूमा अनुशान हुन्छ ।
तपाईँको कामलाई परिवारले कसरी लिएको छ ?
मेरो ममी जागिरे, बाबा बिजनेशम्यान भएकोले सुरुमा चाहिँ के नाटक गरेर बसेको भन्नुुहुन्थ्यो । रातोबंगला जस्तो स्कुलमा पढेको र उच्च शिक्षाका लागी बिदेशमा पढेको छोरीले के नाटक गरेको होला भनेर पनि सम्झाउनु हुन्थ्यो । राम्रो र नाम चलेको संस्थामा काम गर भन्नुहुन्थ्यो । अहिले चाहिँ मेरो काम र नाम देखेर परिवार सन्तुष्ट हुनुहुन्छ ।
नेपालमै केही गर्छु भन्ने उद्देश्यले काम गर्दै हुनुहुन्छ । के उद्देश्य पुरा गर्न सजिलो होला ?
मलाई नेपालमै केही गर्नुछ । आफ्नो देशमा केही गर्न सके राम्रै हुन्छ भनेर बिदेशमा पढेर पनि नेपालमै फर्केकी हुँ । म काम पनि गर्दैछु । आजसम्म राम्रै भएको छ । हेरौँ, पछि के हुन्छ । अहिलेचाहिँ नाटकमै रमाइरहेकी छु ।











