
काठमाडौं । एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् ।
०७८ चैतमा २४औँ साधारणसभाबाट अध्यक्ष नियुक्त भएका उनले व्यक्तिगत कारण देखाउँदै आज राजीनामा दिएका हुन् ।
अग्रवालले दिएको राजीनामा सञ्चालक समितिको ७४२औँ बैठकले स्वीकृत गरेको छ ।












