Logo
Logo

बालेनले बढाए सक्रियता


882
Shares

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा विभिन्न राजनीतिक दलका नेताहरू, सामाजिक अभियन्ता र जेनजी नेताहरूसँग परामर्श गर्दै आफ्नो राजनीतिक सक्रियता बढाएका हुन् ।

The current image has no alternative text. The file name is: balen-shah.jpg

बालेनले बिहीबार मात्र उर्जामन्त्री कुलमान घिसिङदेखि डा। बाबुराम भट्टराईसम्म भेटवार्ता गरेका छन् । बालेनलाई भेट्न कुपण्डोलमा एक पछि अर्को गर्दै नेताहरू पुगेका थिए ।     

बालेनले आज पनि रास्वपा सभापति रवि लामिछाने पनि पुगेका थिए । बालेन र लामिछानेको आज पनि तीन घण्टाभन्दा बढी समय भेटवार्ता भएको थियो । भेटपछि लामिछानेले स्पष्ट जानकारी नदिएपनि मेरो अनुहार हेरेर के लाग्छ रु भन्ने जवाफ दिएका थिए ।

त्यस्तै निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि बालेन र लामिछानेको भेट जारी रहेकै समयमा पुगेका थिए । भेटपछि अमरेशले बालेन र रवि मिल्ने दाबी गरे । त्यस्तै आज बालेनलाई भेट्न हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार पनि पुगेका थिए । त्यस्तै डा। बाबुराम भट्टराईले पनि कुपण्डोल पुगेर बालेनसँग भेट गरेका छन् । 

त्यसअघि आजै काँग्रेस नेता सुनिल कुमार शर्मा, जेनजी अभियन्ता सागर ढकाल, रक्षा बम लगायतले बालेनसँग छलफल गरेका थिए । आजै बिहान उर्जामन्त्री कुलमान घिसिङसँग पनि बालेनको छलफल भएको थियो । बालेनसँगको भेटपछि कुलमानले आज उज्यालो पार्टीको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा सबै नयाँ शक्तिहरू एक ठाउँमा आउने दाबी गरेका छन् ।

बालेनले सक्रिय राजनीतिमा आउने निश्चय गरेसँगै बुधवार काँग्रेस नेता चन्द्र भण्डारी, राप्रपा नेता ज्ञानेन्द्र शाही, नाउपाका संरक्षक रेशम चौधरी, डा। भगवान कोइरालासहित दर्जनभर स्वतन्त्र व्यक्ति र नेताहरूसँग छलफल गरेका थिए ।

बालेनले सकेसम्म सबै नयाँ शक्तिलाई एक ठाउँमा ल्याउने नभए आफ्ना शुभचिन्तकहरुले दर्ताको गरेको देश विकास पार्टीबाट चुनावमा जाने तयारी गरेको उनी निकट व्यक्तिहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्