Logo
Logo

गगन, विश्वप्रकाश र बद्रीले आगामी निर्वाचन नलड्ने


2.1k
Shares

काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका ती जना पदाधिकारीले प्रतिस्पर्धा नगर्ने भएका छन् । कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्री पाण्डेले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

शर्मा र पाण्डेले आगामी निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरिसकेका छन् । महामन्त्री थापाले भने विहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने बताएका हुन् ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार गगनले पार्टी नेतृत्व परिवर्तन भएमात्र चुनाव लड्ने बताएका हुन् । तर, तत्काल नेतृत्व परिवर्तनको सम्भावना भने देखिएको छैन ।

अर्का महामन्त्री शर्माले भने पार्टीको नेतृत्व परिवर्तन भए पनि आसन्न निर्वाचन नलड्ने स्वघोषणा गरिसकेका छन् । शर्मा र पाण्डेले नयाँ पुस्तालाई अवसर दिन चुनाव नलड्ने निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्