
काठमाडौं । श्रम संस्कृति पार्टीको उपाध्यक्षबाट निलम्बित डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नेकपाका संयोजक प्रचण्डले परियारलाई आज बिहान पार्टीमा स्वागत गरेका हुन् ।
बुटवलमा केही दिनअघि आयोजित सभामा परियारले अभद्र शैलीमा अभिव्यक्ति दिएको र जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनकरूपमा गालीगलौज गरेको भन्दै हर्क साम्पाङले परियारलाई उपाध्यक्षबाट निलम्बन गरेका थिए ।












