काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को लोकप्रियतासँगै उपभोक्ताको रोजाइ र आवश्यकतामा परिवर्तन आउन थालेको छ । पछिल्लो समय ईभी गाडीका खरिदकर्ताहरूले ‘रेन्ज’ र ‘चार्जिङ’ बाहेक अन्य कुरामा पनि ध्यान दिन थालेका छन् ।

यस्तो अवस्थामा हाल नेपाली गाडी खरिदकर्ताहरु रियर व्हील ड्राइभ (आरडब्लुडी) प्रविधि जडित विद्युतीय साधन प्रति आकर्षित भएको देखिन्छ । आरडब्लुडी प्रविधि जडित ईभि साधनमा उत्कृष्ट कम्फर्ट , ट्राक्सन र सन्तुलन हुने र नेपालको जस्तो विविधताले भरिएको बाटोहरूमा आरामदायि र आत्मविश्वासका साथ ड्राइभिङ अनुभव प्रदान गर्ने हुँदा , यस प्रविधि जडित ईभीहरुमा खरिदकर्ताको आकर्षण बढ्दै गएको हो ।












