Logo
Logo

सिद्धार्थ बैङ्कका ग्राहकहरूलाई आईएमई हस्पिटालिटी ग्रुपमा १० प्रतिशत सम्मको छुट


315
Shares

काठमाडौं । सिद्धार्थ बैङ्क र आईएमई हस्पिटालिटी ग्रुप बिच बैङ्कका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार लाजिम्पाटस्थित होटेलले हिमालय तथा साके एण्ड फेङ्ग रेष्टुरेन्ट, हर्कपुर तथा बागलुङ स्थित इला कम्फर्ट, मौलाकाली स्थित इला रिसोर्टस्, मौलाकाली केबल कार, लुम्बिनी केबल कार र पोखरा स्थित द् लेक रिट्रिटमा बैङ्कका ग्राहकहरूले बैङ्कको कार्ड वा मोबाइल बैङ्किङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । 

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैङ्कले लिएको छ । 

प्रतिक्रिया दिनुहोस्