Logo
Logo

माछापुच्छ्रे बैंकले ६ महिनामा १ अर्ब एक करोड नाफा कमायो


504
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब एक करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.२५ प्रतिशत बढी हो । त्यसबेला बैंकले ८० करोड ७३ रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको सञ्चालन आम्दानी ८.८४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.२२ प्रतिशत घटेको छ । बैंकको खुद ब्याज आम्दानी ४.१६ प्रतिशतले बढ्दा खुद फि तथा कमिशन आम्दानी २२.१२ प्रतिशत बढेको छ ।

त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८४ पैसा बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ २२ पैसा रहेको छ ।

चुक्ता पुँजी १२ अर्ब ८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकले २ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्