Logo
Logo

सितारामले अम्बिरबाबुको साथ छाडे, अस्मितालाई जिताउने


945
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सिताराम गुरुङले पदबाट राजीनामा दिएका छन् ।

नेकपाबाट ओखलढुंगाको उम्मेदवार रहेका अम्बिरबाबु गुरुङलाई व्यवहारिक रुपले सहयोग गर्न नसक्ने भन्दै गुरुङले पदबाट राजीनामा दिएका हुन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडालाई राजीनामा लेखेका गुरुङले अब आफू नेकपा एमालेमा समाहित भएर राजनीतिक जीवन अघि बढाउने पनि बताएका छन् । गुरुङ रुम्जाटार गाविसका तत्कालीन अध्यक्षसमेत हुन् ।

साथै, गुरुङले संकटको घडीमा ओखलढुंगा जिल्ला र मुलुकलाई अघि बढाउन पार्टी एमाले रहेको पनि बताएका छन् । अम्बिरको साथ छाडेर अब उनले एमाले उम्मेदवार अस्मिता थापालाई जिताउन सक्रिय रुपमा लाग्ने पनि राजीनामा पत्रमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्