Logo
Logo

मतपत्र ठेली लुट्नेमाथि मुद्दा चलाइने


1.3k
Shares

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रबाट मतपत्रको ठेली नै लुटेर भागेकामाथि मुद्दा चलाउने तयारी भएको छ ।

बुथ कब्जा गर्नको लागि मतपत्रको ठेली बोकेर हिँडेका नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीमाथि मुद्दा चलाउने तयारी भएको हो।

तीन जनामाथि मुद्दा चले पनि नियन्त्रणमा रहेका अन्य चार जनालाई सोधपुछपछि छाड्ने तयारी भएको छ। यद्यपि, कांग्रेस र नेकपाले भने सबैलाई बिनाशर्त छाड्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्