Logo
Logo

मतदानकै बीचमा नेकपा उम्मेदवारले गरे पार्टी छाडेको घोषणा


3.2k
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी रौतहट–२ का उम्मेदवार किरण कुमार साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

जेनजी आन्दोलनपछि विषम परिस्थितिमा भएको निर्वाचनमा बुथ कब्जा हुँदासमेत पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल निरिह रहेको भन्दै उनले पार्टी त्याग गरेको घोषणा गरेका हुन् ।

बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत उनले पार्टीका प्रतिनिधिको रूपमा खटिएका व्यक्तिहरूलाई पनि फिर्ता बोलाएका छन् ।

‘जेनजी आन्दोलनपछि विषम परिस्थितिमा यो निर्वाचन भइरहेको छ । तर बहुसंख्यक हिन्दु भएको क्षेत्रमा आफूले चुनाव जित्ने स्थिति हुँदाहुँदै सरकार, पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक नेपालको निरिहताका कारण म पार्टी छोड्ने घोषण गर्छु’, उनले भनेका छन् ।

धाँधली भएको स्थानमा पुनः मतदान नगरेसम्म मतगणनामा सहभागी नहुने पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्