
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई धन्यवाद दिएका छन् ।
तमाम आशंका चिर्दै प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न गराउन सफल भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत सरकारलाई धन्यवाद दिएका हुन् ।
प्रचण्डले भनेका छन्, ‘म नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी,सहभागी राजनीतिक दलहरू नागरिक समाज एवम संपुर्ण मतदाताहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको उनले बताएका छन् ।
आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।











