Logo
Logo

कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन प्रक्रिया सुरु


2k
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता छान्नको लागि निर्वाचन प्रक्रिया अघि बढाएको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको सहमहामन्त्री प्रकाश रसाइली स्नेही नेतृत्वमा समितिले निर्वाचन प्रक्रिया सुरु गरेको हो ।

The current image has no alternative text. The file name is: nepali-congress-4.jpg

निर्वाचन कार्यतालिका अनुसार आज मतदाता नामावली सार्वजनिक गरिएको छ । वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता, ४-५ बजेसम्म मतदान हुने कार्यतालिकामा छ ।

कार्यतालिका अघि बढाए पनि कांग्रेसले दलको नेता सहमतिमै टुंग्याउनेगरी छलफल चलिरहेको छ । तर, सहमति नजुटे भोलि निर्वाचन लगत्तै मतगणना गरेर नजिता घोषणा गर्ने तयारी गरेको छ ।

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदारको रूपमा रहेका छन् ।  यसबाहेक मोहन आचार्यदेखि निश्कल राईसम्मको चर्चा छ । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।

कांग्रेसभित्रको आन्तरिक किचलोका कारणले दलको नेता चयन गर्न ढिलाइ भइरहेको छ । कांग्रेस प्रमुख प्रतिपक्षी दल भएकाले संवैधानिक परिषद्मा समेत प्रतिनिधित्व हुने भएकाले दलको नेता छान्न सकस परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्