Logo
Logo

कलाकार डेविड महर्जनलाई ‘शिवा-रागिनी पुरस्कार’ प्रदान


1.2k
Shares

काठमाडौं । कलाकार डेविड महर्जनलाई यस वर्षको ‘शिवा–रागिनी पुरस्कार’ प्रदान गरिएको छ। शिवाता प्रेम प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा उनलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चन्द्रमानसिंह मास्के हलमा जारी चित्रकला प्रदर्शनीका बीच सो पुरस्कार हस्तान्तरण गरियो।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा नेपाल ललित कला प्रज्ञा(प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्याय, नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति प्राज्ञ नारद मणि हार्तम्छाली र संगीता थापाको सहभागिता रहेका थियो ।

प्रदर्शनीमा ३१ युवा कलाकारका कृतिहरू समावेश छन् भने १५ वैशाखसम्म सर्वसाधारणका लागि खुला रहने छ।

प्रतिक्रिया दिनुहोस्