Logo
Logo

प्रहरी हिरासतमा दिक्पाल कार्की (भिडियो)


1.4k
Shares

काठमाडौं । मोडल तथा अभिनेता दिक्पाल कार्की अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक मनोजराज सिवाकोटीले गाएको ‘पानी माथिको ओभानो बन’ बोल गीतको भिडियोमा दिक्पाल दिएका हुन् । भिडियोमा दिक्पाललाई प्रहरी हिरासतमा राखिएको देख्न सकिन्छ ।

डा.सुनिल सापकोटाको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको यस गीतको भिडियोमा दिक्पालसँगै ऋचा थापा र युजिन श्रेष्ठको पनि अभिनय रहेको छ । भिडियोमा प्रेमिका बनेकी युवतीले नै दिक्पाललाई फसाएको दृश्य देखाइएको छ ।

डा. दिक्पाल कार्कीले निर्देशन गरेको यस भिडियोलाई मुकेश हुमागाइँले खिचेका हुन् भने सम्पादन पदम सुबेदीको रहेको छ । दिक्पाल कार्की पछिल्लो समयका चर्चित मोडल तथा कोरियोग्राफर हुन् ।

प्रतिक्रिया दिनुहोस्