Logo
Logo

बीपी राजमार्गको आवागमन पूर्ण रूपमा बन्द


693
Shares

बनेपा । प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि राजमार्ग बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रहरीका अनुसार लगातारको वर्षाले सडकमा पहिरो, ढुङ्गा खस्ने तथा अन्य अवरोधको जोखिम बढेकाले यात्रु र सवारी साधनको सुरक्षाका लागि यो निर्णय गरिएको हो ।

मौसममा सुधार आएपछि र सडकमार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गर्दै बाटो सञ्चालनबारे जानकारी गराइने प्रहरीले जनाएको छ । थप जानकारी लिनुपर्ने भएमा १०० र १०३ नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्