Logo
Logo

एसईईको नतिजा वैशाख अन्तिम सातासम्म प्रकाशन गर्ने तयारी


252
Shares

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा वैशाख अन्तिम सातासम्म प्रकाशन गर्ने तयारी गरेको छ । 

The current image has no alternative text. The file name is: see-exam.jpg

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार एसइईको उत्तरपुस्तिका परीक्षण सकेर अहिले परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ । 

यही वैशाखको चौथो सातासम्ममा एसईई नतिजा प्रकाशन गर्ने गरी द्रुत गतिमा काम भइरहेको जनाइएको छ । परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम एक दुई दिनमा सकेर त्यसलाई रुजु गरिने छ । रुजु गर्दा पनि कुनै प्राविधिक समस्या देखिएन भने नतिजा प्रकाशनको प्रक्रियामा जाने छ । 

गएको चैत १९ गतेदेखि सुरु भएको एसइई परीक्षा गत चैत २९ गते सकिएको थियो।  यस वर्ष ५ लाख १२ हजार ४२१ जनाले एसईई दिएका छन् । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले यस वर्ष एसईई दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्