Logo
Logo

सुकुमवासी राख्न बनाइएको अपार्टमेन्ट अनुगमनमा पुगिन् सुनिता


819
Shares

काठमाडौं । काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुमवासीलाई राख्न बनाइएको नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्ट अवलोकन गरेकी छन् ।

थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुमबासी बस्ती भत्काइरहँदा त्यहाँबाट विस्थापितहरूलाई यहि सरकारी भवनमा लगेर राख्ने सरकारको तयारी छ । हाल उक्त अपार्टमेन्ट भवनको सरसफाइ, मर्मत सम्भारको काम भइरहेको छ । यो अपार्टमेन्ट १२ करोड खर्च गरेर तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा बनाइएको हो ।

नागार्जुन नगरपालिकाको दुई स्थानमा निर्माण गरिएका यी भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट छन् । सुकुमबासी पहिचान गरी यी भवनमा स्थानान्तरण गर्ने बताइए पनि अहिलेसम्म पहिचान कार्य अघि बढ्न सकेको छैन ।

जीर्ण बन्दै गरेको यो भवनमा अहिले नागार्जुन नगरपालिका वडा नम्बर १ को कार्यालय र अस्थायी पोस्टसँगै, खानेपानी उपभोक्ता समिति कार्यालय र एक ब्लकमा मानव सेवा आश्रमले प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्