Logo
Logo

कामना सेवा विकास बैंकद्वारा रूपन्देहीको पशुपति माध्यमिक विद्यालयलाई कुलर हस्तान्तरण


252
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय कोटिहवामार्फत रूपन्देहीस्थित श्री पशुपति माध्यमिक विद्यालयलाई कुलर हस्तान्तरण गरेको छ।

बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्तबाबु आचार्यले विद्यालयका प्रधानाध्यापक बेदनारायण भट्टराईलाई एक कार्यक्रमका बीच ३ थान कुलर हस्तान्तरण गरे । विद्यालयमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरू अध्ययनरत रहेको र अत्यधिक गर्मीका कारण पठनपाठनमा कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग प्रदान गरेको हो।

कुलर ग्रहण गर्दै प्रधानाध्यापक भट्टराईले कक्षाकोठाको तापक्रम अनुकूल भई विद्यार्थीहरूलाई सहज वातावरणमा अध्ययन गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, बैंकका क्षेत्र प्रमुख आचार्यले यस प्रकारको सहयोगले विद्यार्थीहरूको सिकाइ र पठनपाठनमा थप सहजता तथा प्रेरणा मिल्ने बताए ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक एवं सहयोगी कार्यहरूलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्