Logo
Logo

राष्ट्रिय सभाको बैठक बस्दै


189
Shares

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजेदेखि सुरु हुँदै छ ।

The current image has no alternative text. The file name is: rastiyasabha-2.gif

आज राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले आर्थिक विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ । त्यस्तै,आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको कार्यसूची रहेको छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये विभिन्न मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय , राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको कार्यालयको विनियोजन शीर्षकमा छलफल हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्