Logo
Logo

एसिसी महिला यू-१९ प्रिमियर कप: नेपाललाई सुपर ओभरमा पराजित गर्दै युएई फाइनलमा


0
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) एसिसी महिला यू–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियास्थित वायुमास ओभल स्टेडियममा नेपाललाई सुपर ओभरमा पराजित गर्दै युएईले उपाधि यात्रा तय गरेको हो।

सुपर ओभरमा नेपालले दिएको ७ रनको सामान्य लक्ष्य युएईले ३ बलमा बिना क्षति पुरा गर्यो। युएईले उपाधिका लागि थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि युएईले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा अलआउट हुँदै १०० रनमात्र जोडेपछि खेल सुपर ओभरमा गएको हो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएई १९.५ ओभरमा सबै विकेट गुमाउँदै १०० रनमा समेटिएको थियो। यूएईले १७ रनमै तीन विकेट गुमाउँदै कमजोर सुरुआत गरेको थियो। नेपाली बलरहरूको कसिलो प्रदर्शनका कारण यूएईले कुनै पनि समयमा ठूलो साझेदारी बनाउन सकेन।

यूएईका लागि मेहुल प्रणव कुलकर्णीले सर्वाधिक ३० रन बनाइन्। लाभान्या केनीले २५ रन तथा नेहा कुमारी १९ रनमा अविजित रहिन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि रिया शर्माले उत्कृष्ट बलिङ गर्दै ३.५ ओभरमा मात्र ८ रन खर्चेर तीन विकेट लिइन्। अनु कडायतले चार ओभरमा २२ रन दिएर तीन विकेट हात पारिन्। तृष्णा विश्वकर्माले दुई तथा मनीषा उपाध्यायले एक विकेट लिँदै यूएईको इनिङ्स समेट्न महत्वपूर्ण भूमिका खेले।

प्रतिक्रिया दिनुहोस्