काठमाडौं । बाढीपहिरोका कारण बिपी राजमार्ग र कान्तिलोकपथ बन्द भएको छ । रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग हुँदै गर्ने यात्रा बन्द भएको हो ।

जोखिमका कारण काभ्रे हुँदै सिन्धुलीतर्फ जाने बाटोमा प्रहरीले सवारी साधनहरूलाई होल्ड गरेको राखेको हो । यसैगरी ललितपुरको भट्टेडाँडा आसपास खसेको पहिरोले कान्तिलोकपथ पनि बन्द भएको छ । प्रहरीका अनुसार चापागाउँ हुँदै हेटौंडातर्फ जाने बाटो बन्द छ ।
नारायणगढ९मुग्लिन र मुग्लिन९काठमाडौं सडकखण्डमा यो समाचार तयार पार्दासम्म कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।














