काठमाडौं। चितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै दुईवटा बस ठक्कर खाँदा सडक अवरुद्ध बनेको छ ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार ठोक्किएका बसहरूलाई हटाउने काम भइरहेको छ । दुर्घटनामा केही यात्रु घाइते भएका छन् ।
ठोक्किएको निलो रङको बस नारायणगढबाट मुग्लिनतिर जाँदै थियो भने राजधानी एक्सप्रेस नारायणगढतर्फ आउँदै थियो । दुर्घटनामा नारायणगढबाट मुग्लिनतिर जाँदै गरेको राजधानी एक्स्प्रेस बसका चालक गम्भीर घाइते भएका छन् ।
वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिवार राति १० बजेदेखि बन्द गराएको सो सडकखण्ड बिहान ६ बजे खुलेको थियो । सडक खुला भएलगत्तै सवारी साधनहरूले लेन अनुसार मिच्दा दुर्घटना तथा लामोसम्म जाम हुने गरेको छ ।














