Logo
Logo

सरकारले ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ : बाबुराम भट्टराई


441
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारलाई सुशासन र समृद्धिमै एकलव्य भएर लाग्न सुझाव दिएका छन् । 

The current image has no alternative text. The file name is: baburam-bhattarai1.jpg

संविधानको २४५ धारा संशोधन गर्न कार्यदलले दिएको सुझावलाई इङ्गित गर्दै उनले भनेका छन्– एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन । ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जेनजी विद्रोहको पृष्ठभूमिमा ठुलो जनअपेक्षा सहित सत्तासीन नयाँ सरकारले एकैचोटि धेरैतिर हात हाल्नु सट्टा यतिवेला देशको प्रमुख समस्या रहेको सुशासन र समृद्धिमै एकलव्य दृष्टि लगाउँदा राम्रो होला ।’

देशभित्रै वार्षिक ८ देखि १० लाखसम्म उत्पादनमूलक रोजगारी सिर्जना गर्न जे गर्नुपर्छ त्यही गर्दा राम्रो हुने सरकारलाई उनको सुझाव छ । 

प्रतिक्रिया दिनुहोस्