
काठमाडौं । सत्तारुढ दल रास्वपाकी सांसद अफ्साना बानुले जघन्य अपराध गर्नेहरूलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने माग गरेकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान संशोधन गरेर भएपनि मृत्युदण्डको व्यवस्था राख्नुपर्ने बताइन् ।आजीवनको काराबासले डर पैदा गर्न नसकेकै कारण देशभर हत्या र बलात्कारको घटना बढिरहेको उनको जिकिर छ ।
उनले भनिन्, ‘हिजोको र आजको सामाजिक सुरक्षा चुनौतीमा धेरै फरक छ । कुनै सन्धि वा कानुन नागरिकको जीवनभन्दा ठूलो हुन सक्दैन । संविधानको धारा १६ को उपधार २ लाई संशोधन गरेर जघन्य अपराधका हकमा मृत्युदण्डको व्यवस्था गर्न सरकारसँग माग गर्छु ।’













