Logo
Logo

चीनतर्फ १०४ जना नेपाली बेपत्ता  


252
Shares

काठमाडौं । चीनको तिब्बतस्थित केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनलाई उद्धृत गर्दै यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

The current image has no alternative text. The file name is: cccc.jpg

सीजीटीएनका अनुसार, यस विपद्‌मा परी कुल २६१ जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन् । बेपत्ता हुने विदेशी नागरिकहरूमध्ये सबैभन्दा धेरै नेपाली रहेका छन् ।

सार्वजनिक गरिएको विवरणअनुसार बेपत्ता विदेशी नागरिकहरूमा १०४ जना नेपालीसहित, ४९ जना भारतका, ३३ जना लाटभियाका, १८ जना अमेरिकाका, १५ जना बेलायतका, ६र६ जना अस्ट्रेलिया र क्यानडाका, ४ जना दक्षिण अफ्रिकाका, ३/३ जना जर्मनी, मलेसिया र रूसका रहेका छन् ।

त्यस्तै इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड्स र न्युजिल्यान्डका २/२ जना र फिनल्यान्ड, हङ्गेरी, काजाकिस्तान, लिथुआनिया, पोर्चुगल, स्पेन र युक्रेनका १/१ जना रहेका सीजीटीएनले जनाएको छ ।

चिनियाँ अधिकारीहरूले बेपत्ता भएका विदेशी नागरिकहरूबारे चीनमा रहेका सम्बन्धित देशका दूतावास तथा वाणिज्य दूतावासहरूलाई जानकारी गराइसकेका छन् । आइतबार बिहानको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार, हाल केरुङ काउन्टीमा कुनै पनि विदेशी पर्यटक अलपत्र अवस्थामा छैनन् ।

प्रतिक्रिया दिनुहोस्