काठमाडौं । दक्षिण कोरियाबाट आएको उद्धार टोलीले धुन्चेमा काम सुरु गरेको छ । नेपाल सरकारको अनुरोधमा दक्षिण कोरियाली टोली भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज मङ्गलवारदेखि खोज तथा उद्धारमा खटिएको हो ।

दक्षिण कोरियाली उद्धार टोलीले बाढीपछि सम्पर्कविहीन आफ्ना ९ जना नागरिकको खोजीलाई पनि प्राथमिकता दिनेछ ।














