Logo
Logo

भोटेकोशी बाढी : १ हजार १० जनाको शव भेटियो


0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीमा परेका एक हजार १० जनाको शव भेटिएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार भेटिएका शवमध्ये ३० बालक, ३५ बालिका, २०९ महिला, ३८५ पुरुष र ३५१ आंशिक अंग रहेका छन् ।

पहिचान नभएका ८४७ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ । त्यस्तै, ५६ वटा शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ भने लास जाँच मुचुल्काको संख्या ९२७ पुगेको छ । शव व्यवस्थापनअन्तर्गत ५८१ वटा शव जमिनमा गाडिएको छ । तीमध्ये १२१ महिला, १९८ पुरुष र २६२ जनाको विवरण नखुलेको प्रहरीले जनाएको छ ।

खोज, उद्धार तथा राहत कार्य जारी छ । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ । बाढीबाट ६५ प्रहरी प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन छन् । प्रहरीका अनुसार कुल चार हजार ५९९ जना बेपत्ता रहेका छन् ।

बाढीबाट प्रभावित तथा उद्धार गरिएका मानिसलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ । त्यहाँ कुल तीन हजार ४५३ जना रहेका छन् । नुवाकोटमा दुई हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौंमा ३२९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्