Logo
Logo

अमेरिकी संस्था पर्सले पठाएकाे ४० टन आपतकालीन राहत सामग्री आइपुग्यो


252
Shares

काठमाडौं । रसुवा बाढी प्रभावितहरुका लागि अमेरिकी संस्थाले पठाएको राहत सामग्री नेपाल आइपुगेको छ । अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री आज काठमाडौं आइपुगेको हो ।

उक्त सामग्रीमा बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संस्थामार्फत २,६०० परिवारलाई सहयोग पुग्ने पर्याप्त पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्रीका किट तथा सौर्य बत्तीहरू समावेश छन्।

नेपालको आवश्यकता अनुरूप जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदार संस्थाहरूसँग नजिकबाट समन्वय गरिरहेको पनि अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्