Logo
Logo

यस्तो छ रसुवा बाढीबारे संसदमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धार भइरहेको भन्दै कोही पनि कतै नछुट्ने आश्वासन दिएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठमा रसुवा बाढीबारे जानकारी गराउँदै उनले रसुवा, त्रिशुली लगायतका ठाउँबाट बेपत्ता भएका नागरिहकरुको सरकारले खोजी गर्ने र कोही पनि नछुट्ने बताएका हुन् ।

त्यसका लागि सरकारले तत्कालै खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिरहेको जानकारी दिए । उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ, भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।

उनले भने, ‘सम्पर्कविहीन नागरिकको खोजी, घाइतेको उपचार तथा घरबारविहीनको अस्थायी र दीर्घकालीन पुनःस्थापनाको काम निरन्तर भइरहेको छ । कोही कतै छुट्नु हुने छैन ।’

प्रतिक्रिया दिनुहोस्