Logo
Logo

विपद्मा नेतृत्वको काम दौडिने होइन, संयन्त्र परिचालन गर्ने होः गणेश पराजुली


0
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले विपद्का समयमा नेतृत्वको भुमिका स्वयं काम गर्न दौडिने नभई राज्यका सम्पूर्ण संयन्त्रलाई नागरिकको जीवनरक्षामा केन्द्रित गर्ने भएको बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले संकटका बेला नेतृत्व स्वयं उद्धारमा खटिनुभन्दा तत्काल सही निर्णय गर्ने, आवश्यक जनशक्ति परिचालन गर्ने र अवरोध हटाउने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले प्रभावित क्षनेत्रमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वयंसेवकले राज्य र नेतृत्व आफ्नो साथमा दृढतापूर्वक उभिएको अनुभूति गर्न सक्नुपर्नेमा जोड दिए । उनले सरकारले उद्धारकर्मीलाई साहस, सम्बन्धित निकायलाई स्पष्ट निर्देशन र नागरिकलाई भरोसा दिनसक्नुपर्ने बताए । सांसद पराजुलीले विपद्को समयमा सरकारले आफूसँग भएका सबै संयन्त्र परिचालित गरेर खोज, उद्धार र राहत वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने समेत बताए ।

उनले खोज, उद्धार र राहतमा परिचालित सुुरक्षाकर्मीप्रति अभार पनि व्यक्त गरे । भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि नेपाल प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले अग्रभागमा रहेर प्रभावितहरुको खोज तथा उद्धार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्