काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मधेस प्रदेशका ५ जिल्लामा संयोजक तोकेको छ । पूर्वमहामन्त्री डा.शशाङ्क कोइरालालाई महाधिवेशन आयोजक तोकेर समानान्तर महाधिवेशन गर्ने तयारीमा जुटेको समूहले यसअघि ५५ जिल्लामा संयोजक तोकिसकेको छ ।

देउवा पक्षले सप्तरीमा सुरेन्द्र यादव, सिरहामा सन्तोषकुमार चौधरी, धनुषामा कोमलकान्त झा बारामा राजेश राय यादव र पर्सामा विजय कर्णलाई संयोजक तोकेको हो ।
देउवा समूहले असोज १५ गते वडा अधिवेशन सुरु गरेर मङ्सिर २१ देखि २३ गरेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।














