Logo
Logo

सरकारले राज्य आतङ्क मच्चायो : ऐन महर 


126
Shares

काठमाडौं । प्रतिनिधि सभाको सोमवारको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जङ्गबहादुर राणाको पक्राउप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले ‘गुण्डागर्दी शैली’ अपनाएको आरोप लगाएका छन् । 

The current image has no alternative text. The file name is: yen-mahar.jpg

उनले राणालाई कुनै अभियोगबिना मध्यरातमा पक्राउ गरेर सरकारले लोकतान्त्रिक मूल्य-मान्यता र कानुनी शासनको ठाडो उल्लङ्घन गरेको दाबी गरेका हुन् । संसद्मा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक महरले पूर्वप्रधानन्यायाधीश राणाको गिरफ्तारीलाई ‘राज्य आतङ्क’को संज्ञा दिए । महरले पछिल्ला घटनाक्रमहरूले सरकारको नियतमाथि प्रश्न उठाएको बताउँदै केपी शर्मा ओलीको गिरफ्तारी र विष्णु पौडेललाई दिइएको सास्तीलाई पनि यसैको निरन्तरता भएको जिकिर गरे । 

उनले भने, ‘सरकारले आफूलाई लुई चौधौँझैँ ‘म नै राज्य हुँ’ भन्ने भ्रममा राखेर स्वेच्छाचारी निर्णय गरिरहेको छ । कानुनभन्दा माथि कोही पनि हुँदैन, तर सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा नागरिकको मान-प्रतिष्ठामाथि प्रहार गरिरहेको छ । यदि कोही कसैले कानुन मिचेको छ भने तथ्य र प्रमाणका आधारमा कारबाही होस्, हामी त्यसको पक्षमा छौँ । तर, आधारहीन आरोपमा घरमै गएर पक्राउ गर्ने शैली कानुनी राज्यको बर्खिलाप हो ।’

सरकारले सुरक्षा थ्रेटको बहानामा राणालाई पक्राउ गरेको सन्दर्भमा समेत महरले प्रश्न उठाए । उनले ‘जेन–जी’ को नाम जोडेर सरकारले युवा पुस्तालाई समेत बदनाम गर्न खोजेको आरोप लगाएका हुन् । उनले थ्रेट दिने समूहलाई संरक्षण गर्ने तर थ्रेट भोग्नेलाई पक्राउ गर्ने सरकारको कार्यशैली विरोधाभासपूर्ण रहेको भन्दै यसको निन्दा र भर्त्सना गरे। सरकारलाई लोकतान्त्रिक विधि र विधिको शासनप्रति प्रतिवद्ध रहन चेतावनी दिँदै यस्ता घटनाले निरङ्कुशताको झल्को दिने बताए । 

प्रतिक्रिया दिनुहोस्