Logo
Logo

चोलेन्द्र पक्राउप्रति सर्वोच्चको गम्भीर आपत्ति


0
Shares

काठमाडौं । चोलेन्द्रको गिरफ्तारीमा सर्वोच्चको गम्भीर आपत्तिसर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको प्रकाउप्रति गम्भीर आपत्ति जनाएको छ।

आइतबार सर्वोच्चको फुलकोर्टको बैठकले उक्त गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको हो । शनिबार राति पूर्वप्रधानन्यायाधीश राणालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चौतर्फी आलोचना र विरोधपछि उनलाई सुरक्षा खतरा रहेकाले प्रहरी कार्यालय ल्याइएको भन्दै प्रहरीले आफ्नो बचाउ गरिरहेको छ ।

सर्वोच्च अदालतले घरमा सुतिरहेको अवस्थामा उठाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगि करिब १० घण्टा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाको अभिन्न अंगको रूपमा रहेको भन्दै राज्यका निकायहरूले गर्नुपर्ने व्यवहार संवेदनशील हुनुपर्ने सर्वोच्चको विज्ञप्तिमा उल्लेख छ ।

”कानुनको उचित प्रक्रिया पालना नगरी गरिने कामकारबाहीमा स्वेच्छाचारिताको प्रचुरता रहन्छ । त्यसको कामकारबाहीलाई लोकतान्त्रिक प्रणालीले स्वीकार गर्नसक्दैन विज्ञप्तिमा भनिएको छ,” न्यायपालिकाको कामकारबाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रभावलाई किञ्चित स्थान नदिइने कुरामा यो पूर्ण बैठक विश्वास दिलाउन चाहान्छ,”

प्रतिक्रिया दिनुहोस्