Logo
Logo

प्रतिनिधि सभाको बैठक आज, यस्तो छ कार्यसूची


441
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक बिहान १० बजेबाट सुरु हुनेछ ।बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले उक्त प्रतिवेदन पेस गर्नेछिन् ।

The current image has no alternative text. The file name is: parliyament.jpg

त्यसैगरी, प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव तथा विधेयक प्रस्तुत गर्नेछन् ।

त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्