काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोखार्जविरुद्ध कर्णाली याक्सीले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो ।

एनपीएलमा कर्णाली लगातार तेस्रो जितको खोजीमा छ । काठमाडौं भने दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ । काठमाडौले आजको खेलमा तीन खेलाडीले परिवर्तन गरेको छ भने कर्णालीले एक खेलाडी परिवर्तन गरेको छ ।
















