Logo
Logo

उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी


0
Shares

काठमाडौं । उत्तर कोरियाले विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार केन्द्र बाइनान्समा भएको ६ अर्ब डलरभन्दा बढीको चोरीमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

The current image has no alternative text. The file name is: binance.jpg

अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोले उत्तर कोरियाली ह्याकरको संलग्नता रहेको दाबी गरेपछि उत्तर कोरियाले त्यसलाई ‘उक्साहटपूर्ण र निराधार आरोप’ भनेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले अमेरिकी आरोपलाई बेतुका भन्दै वासिङ्टनले अन्तर्राष्ट्रिय समुदायमा उत्तर कोरियाबारे भ्रम फैलाउन खोजेको बताएकी छन् । उनले साइबर अपराधका घटनामा प्रमाणबिना उत्तर कोरियालाई जोड्ने अमेरिकी व्यवहारको आलोचना गरेकी छन् ।

अमेरिकी अनुसन्धान ब्युरोले बाइनान्समा भएको चोरीमा ट्रेडरट्रेटर नामक ह्याकर समूहको संलग्नता रहेको दाबी गरेको छ । उक्त समूहले यसअघि बाइबिट कारोबार केन्द्रबाट पनि १ अर्ब ५० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको आरोप छ ।

दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार उत्तर कोरियाली ह्याकरहरूले पाँच वर्षमा करिब १ अर्ब १० करोड डलर बराबरको क्रिप्टोकरेन्सी तथा भर्चुअल सम्पत्ति चोरी गरेका थिए । उत्तर कोरियाले भने यस्ता साइबर आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

यसैबीच, उत्तर कोरियाले हतियार परीक्षणलाई पनि तीव्रता दिएको छ । उसले रणनीतिक क्रुज क्षेप्यास्त्रका लागि नयाँ क्लस्टर वारहेड परीक्षण गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइनान्समा भएको चोरीमा उत्तर कोरियाको संलग्नता पुष्टि भइनसकेको र अनुसन्धान भइरहेको बताएका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000