Logo
Logo

माधव–मिनेन्द्रसहित ९४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७६ करोड बिगो


0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधवकुमार नेपाल र कांग्रेस नेता मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा धेरै जग्गा सट्टापट्टाका लागि क्याविनेटबाट निर्णय गराएर बिक्री गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता नेपाल र रिजालसहित ९४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा मंगलबार दर्ता भएको भ्रष्टाचार मुद्दामा ७६ करोड बिगो दाबी गरिएको छ । ९४ प्रतिवादीमध्ये ५३ जनालाई जग्गा जफतको प्रयोजनमा विपक्षी बनाइएको छ। तत्कालीन मुख्य सचिव माधव घिमिरेको निधन भएकाले उनको परिवारलाई विपक्षी बनाइएको छ भने तत्कालीन भूमिसुधार सचिव तथा पूर्वमन्त्री छबिराज पन्तसहित विपक्षी छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000