Logo
Logo

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका दुई कैदी पक्राउ  


0
Shares

काठमाडौं । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको हो । 

The current image has no alternative text. The file name is: dolpa-karagar.jpg

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार मङ्गलवार बिहान साढे १० बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ दामाचौरस्थित खोली बगरबाट दुई जनालाई पक्राउ गरिएको हो । 

चौरजहारी बेस क्याम्प र गोतामकोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  

डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट गत कात्तिक १४ गते बिहान ६ बजे फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा दामाचौरबाट आठबिसकोट नगरपालिका–९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको जिप जाँच गर्ने क्रममा उनीहरू भाग्न खोजेका थिए ।

प्रहरी टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरू कारागारबाट फरार भएका कैदी रहेको पुष्टि भएको हो ।  पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् । बिक जबर्जस्ती करणीसम्बन्धी मुद्दामा र राना पनि जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000