Logo
Logo

बङ्गलादेशी क्रिकेटर शाकिब अल हसनले एनपीएलका बाँकी खेल नखेल्ने


0
Shares

काठमाडौं । बङ्गलादेशी क्रिकेटर शाकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन् ।  एनपीएलको तेस्रो संस्करणमा शाकिब पोखरा एभेन्जर्समा आबद्ध भएका थिए । उनले पोखराबाट तीन वटा खेल खेलेका थिए । 

The current image has no alternative text. The file name is: sakib.jpg

तर, यूएईमा हुने अबु धाबी टी-१० लिगमा सहभागी हुनका लागि एनपीएलका बाँकी खेल नखेल्ने भएका हुन् । टी-१० लिगमा उनी युनाइटेड टाइगर्समा अनुबन्धित छन्। 

टी-१० लिगकै कारण उनी यूएई गइसकेका छन् । जसले गर्दा शुक्रवारको खेलमा पनि अनुपस्थित थिए । शुक्रवार पोखरा चितवनसँग पराजित भएको थियो । 

पोखराले एनपीएलमा लगातार चार खेल हारिसकेको छ । अब लिग चरणमा पोखराले तीन खेल खेल्न बाँकी छ । तीनै खेल जिते पनि प्लेअफमा पुग्न अन्य टोलीको नतिजामा निर्भर हुनुपर्नेछ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000