काठमाडौं । बङ्गलादेशी क्रिकेटर शाकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन् । एनपीएलको तेस्रो संस्करणमा शाकिब पोखरा एभेन्जर्समा आबद्ध भएका थिए । उनले पोखराबाट तीन वटा खेल खेलेका थिए ।

तर, यूएईमा हुने अबु धाबी टी-१० लिगमा सहभागी हुनका लागि एनपीएलका बाँकी खेल नखेल्ने भएका हुन् । टी-१० लिगमा उनी युनाइटेड टाइगर्समा अनुबन्धित छन्।
टी-१० लिगकै कारण उनी यूएई गइसकेका छन् । जसले गर्दा शुक्रवारको खेलमा पनि अनुपस्थित थिए । शुक्रवार पोखरा चितवनसँग पराजित भएको थियो ।
पोखराले एनपीएलमा लगातार चार खेल हारिसकेको छ । अब लिग चरणमा पोखराले तीन खेल खेल्न बाँकी छ । तीनै खेल जिते पनि प्लेअफमा पुग्न अन्य टोलीको नतिजामा निर्भर हुनुपर्नेछ ।


















