काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. शशाङ्क कोइरालाले गगन थापालाई जति गाली गर्यो, त्यति नै उनको महत्त्व बढ्ने बताएका छन् ।

शनिवार देउवा समूहको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा डा। कोइरालाले थापाको विषयमा धेरै चर्चा नगर्न देउवा समूहका नेताहरूलाई आग्रह गरेका हुन् । ‘
उनले भने, ‘जति गगन थापाको कुरा गर्यो, त्यति नै उनको महत्त्व बढ्छ, त्यसैले कुरै नगरौँ ।’ गगन थापालाई लक्षित गर्दै उनले हरेक कार्यक्रममा नाम उच्चारण गर्न आवश्यक नरहेको बताए ।
उनले आफुले अहिले पार्टीको महाधिवेशन उत्साहजनक रूपमा भइरहेको प्रति उत्साहित रहेको बताउँदै नेता कार्यकर्तालाई अझ खटेर लाग्न आग्रह गरे ।


















