Logo
Logo

सरकारले दैलेखको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेको ओलीको आरोप


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेको आरोप लगाएका छन् ।

The current image has no alternative text. The file name is: kp-oli-2.jpg

एमाले बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले व्यावसायिक उत्पादन वैशाखदेखि नै हुनुपर्नेमा सरकारले प्रक्रिया अगाडि नबढाएको आरोप लगाएका हुन् ।  उनले खानीबाट नेपालले अर्बौं लाभ लिन सक्ने भएपनि सरकारले काम रोकेको बताए । 

उनले एमाले इमानको प्रतिमूर्ति हुनुपर्नेमा पछिल्लो समय त्यो देखिन छाडेको र स्वार्थ अनुसार अगाडि बढ्ने गरेको बताए । उनले अरूलाई आलोचना गर्दा गर्दै एमाले भित्रको अवस्था कस्तो भएको छ मूल्याङ्कन गर्नुपर्ने र प्रतिबद्ध हुनुपर्ने दोहोर्‍याए । 

उनले अहिले नेता धेरै तर काम हुने गरेको बताउँदै पहिले नेता कम भएपनि काम हुने र नेता९कार्यकर्ता जनताका बीचमा हुने गरेको बताएका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000