Logo
Logo

मैले राष्ट्रपतिको सर्वोच्च ओहोदा हासिल गरिसके, अब कुनै पनि पदप्रति लोभ छैन : विद्यादेवी भण्डारी


0
Shares

काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राजनीतिमा आउनुको कारणबारे प्रष्ट पारेकी छन् । उनले आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि पार्टीको राजनीतिमा नफर्किएको बताएकी छन् ।

The current image has no alternative text. The file name is: bidyadevi-bhandari.jpg

एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे प्रष्ट पार्दै आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, सङ्गठनात्मक सुदृढीकरण र सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन फर्किएको बताएकी हुन् ।

राष्ट्रपतिको सर्वोच्च संवैधानिक जिम्मेवारी सम्हाल्दा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्ध प्रवर्द्धनमा भूमिका खेलेको उल्लेख गर्दै उनले अब कुनै पनि पदप्रति लोभ नभएको बताएकी हुन् । 

शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको उल्लेख गर्दै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पर्दा देशको अन्तर्राष्ट्रिय छविमा आँच आउन थालेको बताइन् । समयमै यसको निराकरण नभए मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्ने उनको भनाइ रहेको छ ।  

पार्टी शुद्धीकरण, जनसङ्गठन र जलवायु न्याय जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र संगठन सञ्चालनमा उतार्नुपर्ने उनको भनाइ छ ।  आवश्यकताभन्दा मागका आधारमा कमिटीहरूलाई ठूलो र भद्दा बनाउने प्रवृत्ति अन्त्य गरी कमिटीलाई मानार्थ नभई कार्यकारी बनाउन, आलोचना र आत्मालोचनाको पद्धति अपनाउन तथा सादगी जीवनशैली अवलम्बन गर्न उनले नेता-कार्यकर्तालाई निर्देशन दिए ।  

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000