सेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज पहिलो पटक एकसाथ बैठक हुन लागेको छ।

चीनको सेन्जेनमा जारी एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा यो त्रिपक्षीय बैठक हुन लागेको हो ।
बैठकमा इरान युद्ध र युक्रेन युद्धलगायत ५ वटा प्रमुख विषयमा छलफल हुने जनाइएको छ। यसअघि बिहीबार पनि तीनै देशका नेताहरू एपेक शिखर सम्मेलनका क्रममा एकसाथ देखिएका थिए।
यस बैठकलाई सन् १९४५ को याल्टा सम्मेलनसँग तुलना गरिएको छ। करिब ८० वर्षअघि तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्ट, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिन क्रिमियाको याल्टामा भेला भएका थिए। त्यतिबेलाको उक्त बैठकमा दोस्रो विश्वयुद्धपछिको युरोपेली व्यवस्था र जर्मनीको भविष्यका विषयमा निर्णयहरू लिइएको थियो।
वर्तमान समयका तीन महाशक्ति राष्ट्रहरू अमेरिका, चीन र रुसका बहालवाला शीर्ष नेताहरू पहिलो पटक एकसाथ बैठकमा बस्न लागेका हुन्।


















