Logo
Logo

मलाई जेनजीहरुले नै बचाएका हुन् : शेरबहादुर देउवा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका बेला आफू र पत्नी डा.आरजु राणा देउवालाई जेनजीहरूले नै बचाएको बताएका छन् ।

The current image has no alternative text. The file name is: deuwa-1.jpg

शनिबार कांग्रेस (देउवा पक्ष)को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन देउवाले यस्तो बताएका हुन् । उनले भने, ‘मेरो श्रीमती आरजु र मलाई मारिसकेका हुन्, हामी बाँचेका हौं हेर्नुस् । यहाँ अहिलेसम्म घाउ छ । हेलिकप्टर ल्यान्ड गर्न दिएन । घर जाने बाटोमा सारा मान्छे बसिदिएर, सारा मान्छे बसे हामीले बचाउन सकेनौं भने । पछि आर्मी गाडी पठाएर आर्मीको क्याम्पमा हामी बस्यौँ । आर्मी क्याम्पमा मेरो श्रीमती र मेरो उपचार भएर बाँचेका हौं ।’

त्यो बेला जेनजीले नै आफूलाई बचाएको उनले सुनाए । ‘मलाई जेनजीहरूले बचाएको हो । फोटोमा देखिन्छ बचाउनेहरू । जेनजीको नाममा ५० वर्षमाथिकाहरूले ढुंगामुडा हाने,’ देउवाले भने । त्यसो हुनुका पछाडि धेरै ठूलो षडयन्त्र रहेको  उनले बताए 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000